यु २० साफ च्याम्पियनसिप

यु २० साफः पहिलो हाफमा भारत र बंगलादेश बराबर

भुवनेश्वर । यु २० साफ च्याम्पियनसिपको जारी फाइनलको पहिलो हाफमा बंगलादेश र भारत १–१ को बराबरीमा रोकिएका छन् ।

भारतको भुवनेश्वरमा जारी खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैले कुनै गल्ति गरेनन् ।

तर, पहिलो हाफका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।