इङ्लिस प्रिमियर लिग

स्माइकल निसमा

रोम । इङलिस प्रिमियर लिगको क्लब लेस्टर सिटीसँगको ११ वर्षे बसाइलाई टुङ्ग्याउँदै गोलकिपर कास्पर स्माइकल फ्रेन्च लिग वानको क्लब निसमा अनुबन्ध भएका छन् ।

सन् २०११ मा लिड्स युनाइटेबाट लेस्टर आएका डेनमार्कका स्माइकलले किग्स पावर स्टेडियममा एक दशक बिताएका थिए । जहाँ उनले प्रिमियर लिग, एफए कप र कम्युनिटी सिल्डको उपाधि जितेका थिए ।

स्माइकलले लेस्टरबाट सबै प्रतियोगिता गरेर चार सय ७९ खेल खेलेका छन् । उनी यो वर्ष कतारमा हुने विश्वकपका लागि डेनमार्कको टिममा छन् ।

‘उनी कप्तान र उपकप्तानको रुपमा आफ्नो समयभरी टोलीमा प्रतिबद्ध रहे'. लेस्टरका अध्यक्ष अयावतले भने, ‘स्माइकल सधै जिम्मेवारी  र टोलीको नेतृत्व लिन अघि सर्ने खेलाडी हुने । उनको टिममा प्रभाव  मैदान भित्र र  बाहिर उस्तै रह्यो ।’

निसले नयाँ सिजनका लगि बुधबार इम्पोलीका रक्षक माटिया भिटी र एरोन रामसीलाई पनि अनुबन्ध गरेको थियो ।