साफ वुमन्स च्याम्पियनसिप

खड्काको संयोजकत्वमा साफ वुमन्स च्याम्पियनसिप आयोजक कमिटी गठन

काठमाडौं । अििखल नेपाल फुटबल संघ .एन्फा)ले वरिष्ठ उपाध्यक्ष विरवहादुुर खड्काको संयोजकत्वमा १८ सदस्यीय साफ वुमन्स च्याम्पियनसिप आयोजक समिति गठन गरेको छ ।

शुक्रबार एन्फाले चारै उपाध्यक्ष सहित प्रतियोगिता संचालनको लागि १८ सदस्यीय आयोजक समिति गठन गरेको हो ।

यस अघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको एजेन्डा रहेपनि विवादको कारण बैठक बस्न सकेन । तर, एन्फाले आज आफ्नो साइट मार्फत आयोजक समिति गठन सहित मुख्य प्रशिक्षक, भेन्यु म्यानेजर लगायत विभिन्न समिति गठन गरेको जनाएको हो ।

यस्तै, रविन्द्र चन्दलाई एन्फाले भेन्यु म्यानेजरको जिम्मेवारी सुम्पिएको छ । यता, विजय घले ‘लोकल जेनेरल कोर्डिनेटर’ नियुक्त भएका छन् । यस्तै, दिनेश व्यञ्जनकारले सुरक्षा विभाग पाएका छन् भने सञ्जिव सिल्पाकारले मार्केटिङ तथा ब्रोर्डकाष्टिङ र डिजिटल राइट्सको जिम्मेवारी पाएका छन् ।

यस्तै, एन्फाले कुमार थापालाई राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।  

पूर्व खेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षक समेत हुन् ।

यस अघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षक विहिन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए ।

यस्तै, एन्फाले महिला फुटबल टोलीको म्यानेजरमा पूर्व महिला संघकी अध्यक्ष बिन्द्रा देवानलाई नियुक्त गरेको छ ।

महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदैछ ।