उल्फसबर्गको सतप्रतिसत नतिजा

बर्लिन, (खेलाडी)- जर्मन बुन्डेसलिगाको तेस्रो खेलसम्म सतप्रतिसत नतिजा निकाल्दै उल्फसबर्गले शीर्ष स्थानमाथिको पकड कायम राखेको छ । 

लगातार जितको शृंखलालाई कायम राख्ने क्रममा टोलीले आइतबार रातिको खेलमा आरबी लिपजिगमाथि १-० को जित हासिल गर्‍यो । 

उल्फसबर्गलाई घरेलु मैदानमा जित दिलाउन गए राति जेरोम रोस्लिनले एकल प्रयासमा गरेको एउटै गोल पर्याप्त भयो । रोस्लिनले ५२औं मिनेटमा उल्फसबर्गका लागि गोल गरेका थिए । 

उल्फसबर्ग नौं अंकका साथ शीर्ष स्थानमा रहँदा समान सात अंक लिएर बायर लेभरकुसन, बायर्न म्युनिख र फ्रेइबर्ग दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । आइतबार पराजित भएको लिपजिग भने लिगको १०औं स्थानमा छ । लिपजिगले तीन खेलमा एकमात्र जित हासिल गरेको छ ।