गाब्रियल जिजस

जिजसले निर्धारण गर्नेछन् अर्टेटाको भविष्य

लन्डन । म्यानचेस्टर सिटी र लिभरपुलले प्रिमियर लिगका लागि नयाँ सेन्टर फरवार्ड अनुबन्ध आर्सनलले इङ्लिस फुटबलको शीर्ष डिभिजनमा अभ्यस्त गाब्रियल जिजस फरवार्ड भित्र्याएको छ ।

जिजसले म्यानचेस्टर सिटीबाट साढे पाँच वर्ष इङ्लिस प्रिमियर लिग खेलिसकेका छन् । उनले एरिक क्यान्टोनाभन्दा धेरै प्रिमियर लिगका खेलको अनुभव लिएका छन्, फ्रेडी युङबर्गको भन्दा धेरै असिस्ट र टिम काहिलको भन्दा धेरै गोल गरेका छन् ।

सन् २०१७ मा सिटीमा अनुबन्धन भएपछि जिजससँग पहिलो परिचय भएको थियो । ब्राजिलियन क्लब पाल्मारेसबाट इङ्ल्यान्ड आएका जिजस दुर्त गतिका फरवार्डको रुपमा चिनिए, जोसँग असाधारण क्षमता र अपत्यारिलोरुपमा एरियल बलमा प्रभावशाली र सही समयमा सही स्थानमा पुग्न सक्ने क्षमता छ ।

हामीलाई उनको सबल र दुर्बल पक्षबारे थाहा छ । तर, हामीलाई उनको खास पोजिसन कुन हो भन्ने थाहा छैन ।

सन् २०१७ मा सिटीमा अनुबन्धन भएपछि जिजससँग पहिलो परिचय भएको थियो । ब्राजिलियन क्लब पाल्मारेसबाट इङ्ल्यान्ड आएका जिजस दुर्त गतिका फरवार्डको रुपमा चिनिए, जोसँग असाधारण क्षमता र अपत्यारिलोरुपमा एरियल बलमा प्रभावशाली र सही समयमा सही स्थानमा पुग्न सक्ने क्षमता छ ।

सिटीबाट खेलिरहँदा उनी आफूले गरेका गोलभन्दा पनि प्रदर्शनका कारण चर्चामा आइरहे । सिटीबाट खेलेका २३६ खेलमा उनले ९५ गोल गरेका थिए । तर, स्टाटिस्टिक्सनुसार उनको गोल औसत गोल दर कम रह्यो । जिजस सिटीले गर्ने आक्रामणको अन्तिममा सही स्थानमा पुग्थे । तर, धेरै समयमा उनी त्यो स्थानमा पुग्दा व्यर्थ सावित भए ।

त्यसैले पेप ग्वार्डिओलाले उनलाई सेन्टर फरवार्डभन्दा पनि वाइड फरवार्डको भूमिकामा खेलाउन थालेका थिए । अहिले गोल स्कोररहरु त्यो भूमिकाबाट खेल्न सक्दैनन भन्ने बुझ्नु गलत हुन्छ ।

मोहम्मद सालाह र सन ह्युङ–मिनले वाइडबाट सेन्टर–फरवार्डको मद्दतमा पेनाल्टी बक्स भित्र आएर स्कोर गर्दै भर्खरै गोल्डेन बुट जितेका छन् । जिजसको ‘लिन्क–अप प्ले’ राम्रो छ । तर, उनी मिडफिल्ड एरियातिर भन्दा वाइडमा कुद्न रुचाउँछन् ।

जिजसको यही खुबी र रुचीले पनि उनलाई आर्सनल पुर्याएको अनुमान गर्न सकिन्छ ।

आर्सनलका मुख्य प्रशिक्षक अर्टेटाले यसअघि पनि जिजसँग काम गरिसकेका छन् । आर्सनलको मुख्य प्रशिक्षकमा नियुक्त हुनुअघि ग्वार्डिओलाका सहायक रहेका अर्टेटाले २०१९ सम्म तीन वर्ष सिटीमा बिताएका थिए । आर्सनलको प्रशिक्षण सम्हाले यता ग्वार्डिओलाकै शैली पछ्याएका अर्टेटा ‘लिन्क अप प्ले’लाई अन्य कुराभन्दा धेरै प्राथमिकतामा राख्छन् ।

अर्टेटा पिएर एम्रिक अवामियाङबाट कहिल्यै सन्तुष्ट थिएनन् । किनभने, उनीको ‘लिन्क अप प्ले’ सन्तोषजनक थिएन । त्यसैले अर्टेटाले अवामियाङलाई वाइडमा खेलाउन थालेका थिए । तर, आर्सनलले अवामियाङ बिना राम्रो खेलेको थियो ।

अलेक्जेन्डर जाकाजेट र एडी एन्केटिहाबीचको बहस पनि ‘लिन्क कप प्ले’ र फिनिसिङ क्षमताबीचको थियो । र, आर्सनलले चाहेको विकल्प लाकाजेटभन्दा उत्कृष्ट थियो । जसको कारण लाकाजेटको कम गोलको योगदान हो ।

क्रिस्टियानो रोनाल्डोले गत सिजन गोल गर्ने हकमा अपेक्षित नतिजा दिए । तर, उनको टिम ओरालो लाग्यो । यस्तै, रोमेलु लुकाकुको चेल्सीमा पहिलो सिजन पनि अपत्यारिलो रह्यो । बेल्जियन स्ट्राइकर लुकाकु एक समयमा आएर आफूलाई पोजिसनभन्दा बाहिर खेलाएकोमा गुनासो गर्ने अवस्थामा पुगे । उनले एक प्रिमियर लिगमा सबैभन्दा थोरै बल टच गरेर कीर्तिमान नै बनाए ।

आर्सनलले विश्व स्तरीय नम्बर–९, विश्वसनीय गोलकर्ता भित्र्याउन सक्थ्यो । तर, त्यस्ता खेलाडी समस्या पनि लिएर आउँछन् । किनभने कुनै समयमा प्रशिक्षकहरु नम्बर ९ नै प्रयोग नगर्न रुचाउँछन् ।

क्रिस्टियानो रोनाल्डोले गत सिजन गोल गर्ने हकमा अपेक्षित नतिजा दिए । तर, उनको टिम ओरालो लाग्यो । यस्तै, रोमेलु लुकाकुको चेल्सीमा पहिलो सिजन पनि अपत्यारिलो रह्यो । बेल्जियन स्ट्राइकर लुकाकु एक समयमा आएर आफूलाई पोजिसनभन्दा बाहिर खेलाएकोमा गुनासो गर्ने अवस्थामा पुगे । उनले एक प्रिमियर लिगमा सबैभन्दा थोरै बल टच गरेर कीर्तिमान नै बनाए ।

यो पनि भन्न सम्भव छ कि भर्खरै बोरुसिया डर्टमन्डबाट सिटी आइपुगेका उत्कृष्ट गोलस्कोरिङ फर्ममा भएका फरवार्ड एर्लिङ हालान्ड त्यो टिमलाई चाहिएका खेलाडी होइनन् ।

तर, जिजस लचकदार नम्बर–९ होइनन् । २०२१–२२ को सुरुआतमा उनी विङ्गर मात्रै होइनन् भन्ने छर्लङ्ग देखिएको थियो ।

‘मैले गाब्रियलसँग कुरा गरेँ, उनी केही समय सेन्टर फरवार्डभन्दा वाइडमा खेल्न चाहन्छन्,’ ग्वार्डिओलाले नर्विच सिटीविरुद्धको ५–० को जितपछि भनेका थिए । त्यो खेलमा ग्वार्डिओलाले जिजसलाई दायाँ विङ्गमा खेलाएका थिए ।

‘गाब्रियलको तुलनामा सेन्टर फरवार्ड भूमिकामा हुँदा फेरान टोरेसमा गोलको सेन्स धेरै छ,’ ग्वार्डिओलाले भनेका थिए, ‘टोरेसको मुभमेन्ट बढी गोलतर्फ केन्द्रित हुन्छन् । गाब्रियलको मुभमेन्ट धेरै ड्रप केन्द्रित हुन्छ, गोलको कमीका कारण हामीलाई एक खेलाडी त्यसरी मुभमेन्ट बनाउने चाहिन्छ ।’

असामान्यरुपमा ग्वार्डिओलाले खास विङ्गरलाई फरवार्ड र खास फरवार्डलाई विङ्गरको भूमिका खेलाएका थिए ।

गत सिजन लिग र युरोपेली फुटबलका २४ खेलमा जिजसले पहिलो रोजाइमा स्थान बनाएका थिए । जसमध्ये १० खेल उनले बीच (सेन्टर फरवार्ड)बाट सुरु गरेका थिए । बाँकी खेलमा उनले दायाँतर्फबाट खेलेका थिए, ब्राजिलबाट खेल्दा उनी प्राय त्यसै पोजिसनमा देखिन्छन् ।

यसको अर्थ उनी सेन्टर फरवार्डको भूमिकामा खेल्न चाहँदैनन् । र अर्टेटाले उनलाई आवश्यकता अनुसार प्रयोग गर्न ४५ मिलियन पाउन्ड खर्चेर आर्सनलमा भित्र्याएका हुन्, न कि बेन्चमा सीमित गर्न । आर्सनल त्यसरी खेलाडीमा फजुल खर्च गर्न सक्ने अवस्थामा छैन । गाब्रियल मार्टिनेली पनि अर्कोतर्फबाट सोही भूमिकामा देखिने छन् ।

त्यसको मतलब एनकेटिहा परम्परागत नम्बर ९ भूमिकामा देखिने छन् । विशेषगरी बलिया टिमसँग खेल्दा एमिल स्मिथ रो वा मार्टिन ओडेगार्ड यी दुई आधुनिक सेन्ट्रल अट्याकिङ मिडफिल्डरले वाइडबाट आक्रामण गर्दा कुनै आश्चर्य हुनेछैन् । यस्तै, बुकायो साका पनि प्राय सबै पोजिसनमा खेल्ने विकल्प अर्टेटासँग छन् ।

यसको अर्थ अर्टेटासँग आर्सनल सम्हाले यताकै सबैभन्दा धेरै आक्रामक विकल्प यसपाली हुनेछन् । स्टार क्षमताको विषयमा भने आर्सनलसँग अहिले भएको ‘अट्याकिङ ट्रिओ’ले लाकाजेट, अवामियाङ र मेसुट ओजिलसँग प्रतिस्पर्धा त गर्न सक्दैन । तर, उनीहरुमा भएको कमीबाट भने अर्टेटालाई टाढै राख्न सक्छ ।

आर्सनलको टिम अब ‘अर्टेटाका खेलाडीहरु’ले भरिएको छ । र, अब पनि आर्सनलले स्तरीय खेल प्रदर्शन गर्न नसक्ने छुट अर्टेटालाई हुनेछैन ।

अर्टेटासँग सम्भवत यो मूल्यमा जिजस जत्तिका फरवार्ड किन्ने यो एक मात्र अवसर थियो । र, अब जिजसको सफलता वा असफलताले आर्सनलमा अर्टेटाको भविष्य निर्धारण गर्नेछ ।