इङ्लिस प्रिमियर लिग

मिनामिनोको आगमनले टोलीको प्रदर्शन सुदृण हुने क्लेमेन्टको विश्वास

पेरिस । फ्रेन्च लिग वानको क्लब मोनाकोका मुख्य प्रशिक्षक फिलिपे क्लेमेन्ट लिभपुलका स्ट्राइकर ताकुमी मिनामिनो क्षमतावान खेलाडी भएकाले उनलाई टोलीमा अनुबन्धन गर्न चाहेको बताएका छन् ।

प्रिमियर लिग क्लब लिभरपुलबाट मिनामिनो मोनाको जाने तयारीमा छन् । लिभरपुल र मोनाको मिनामिनोको सरुवामा सहमत भैसकेको बताइएको छ । उनका लागि मोनाकोले १५.५ मिलियन युरो खर्चिन लागेको हो ।

सन् २०२० मा साल्जबर्गबाट एन्फिल्ड भित्रिएका मिनामिनोले लिभरपुलबाट प्रिमियर लिगमा ३० गोल गरिसकेका छन् । उनले गत सिजन झण्डै अधा भन्दा बढी समय लोनमा साउथहमटनमा बिताएका थिए । 

‘म निकै खुशी छु । म ताकुमी मिनामिनोलाई लामो समय देखी चिन्छु’, क्लेमेन्टले भने, ‘उनी हामीले नयाँ सिजनमा भित्राउने खेलाडीको सुचीको अग्रस्थानमा थिए । उनको आगमनले टोलीलाई धेरै फाइदा पुग्ने आशा गरेका छौ । उनले साल्जबर्ग र लिभरपुलमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । उनका लागि मोनाकोमा आफ्नो क्षमता थप प्रमाणित गर्ने सुनौलो अवसर समेत हुनेछ ।'

मोनाकोले तेस्रो स्थानमा बस्दै लिग वानको २०२१-२२ सिजन अन्त्य गरेको थियो । २०२०-२१ सिजनमा पनि मोनाको तेस्रो स्थानमै रहेको थियो ।