इङ्लिस प्रिमियर लिग

फिलिप्स सिटीमा

लन्डन । इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई ४५ मिलियन युरोमा अनुबन्धन गर्न सहमत भएको छ ।

फर्नान्डिन्होले नौ वर्षको क्लब बसाईमा पूर्णविराम लगाउने भएपछि सिटीले उनको स्थानमा फिलिप्सलाई भित्राएको हो । लिड्सको युथ एकेडेमीबाट आएका फिलिप्सले सन् २०१५ बाट लिड्सको सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले दुई सय १४ खेल खेलिसकेका छन् ।

फिलिप्स डिफेन्सिभ मिडफिल्डका साथै अग्रपत्तिमा समेत खेल्ने क्षमता राख्छन् । जुन उनले मार्सेलो बेइल्साको प्रशिक्षणमा प्रमाणित गरिसकेका छन् । 

२०२०-२१ मा इङल्यान्डको वर्ष खेलाडी घोषित फिलिप्सले गारेथ साउथगेटको विश्वकप टोलीमा स्थान पक्का गर्न  जुड बेलिङघम,जोडर्न हेन्डरसन, कोनर ग्लागेर र जेम्स वार्ड प्राउससँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।