एन्फा

एन्फाका नवनिर्वाचित अध्यक्ष नेम्वाङलाई एएफसी अध्यक्षको बधाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम ल खलिफाले बधाई दिएका छन्  ।

खलिफाले शुक्रबार पत्रमार्फत नेम्वाङलाई बधाई दिएका हुन् । पत्रमा खलिफाले नेम्वाङको जितले नेपाली फुटबलले उनको क्षमतामा गरेको विश्वासको परिणाम भएको उल्लेख गरेका छन् ।

असार ६ गते पार्क भिलेजमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । चुनावमा नेम्वाङले ४५ मत पाउँदा शेर्पा ३९ मतमा सीमित भएका थिए ।