फिफा विश्वकप

विश्वकप खेल्ने टिममा अब २६ खेलाडी

ज्युरिच । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा २६ सदस्यीय टिमको लागि अनुमति प्रदान गरेका छ ।

यसअघि विश्वकपमा २३ सदस्यीय टिम ल्याउन पाउने व्यवस्था थियो । तर, कोभिड १९ महामारीका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै फिफाले विश्वकपका लागि २६ सदस्यीय टिमका लागि अनुमति दिएको हो ।

यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएका छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् । यसबारे यसअघि इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले माग गरेका थिए ।

‘मलाई लाग्छ खेलका लागि सबै खेलाडी उपलब्ध हुनुपर्दछ,’ इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले अप्रिलमा भनेका थिए, ‘यदी टिम ठूलो हुन्छ भने सबै खेलाडीमध्ये जो कोहीलाई पनि परिवर्तन गर्न पाउने हुनुपर्छ ।’

अक्टोबर २० देखि सुरु हुने विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागिसकेको छ । विश्वकपको उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्ने तालिका छ ।

यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएका छ । जसमा टिम डाक्टरलाई अनिवार्य गरिएको छ ।