आफ्नै रणनीतिमा आर्टेटाको प्रश्न 

लन्डन, (खेलाडी)- इङलिस प्रिमियर लिगमा सन् १९५४ यताकै खराब सुरुआत गरेपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो रणनीतिमाथि नै प्रश्न उठाउने समय आएको स्वीकारेका छन् ।

शनिबार १० खेलाडीमा सिमित आर्सनल साविक विजेता म्यानचेस्टर सिटीसँग ५-० ले निराश भएको थियो । जारी सिजन प्रिमियर लिगको सुरुआती तीन खेलमा आर्सनलको यो लगातार तेस्रो हार हो ।

‘टोलीको खराब प्रदर्शनमा म चिन्तित छु,’ अर्टेटाले भने, ‘म टोलीको खराब नतिजाको जिम्मेबारी लिन तयार छु । मेरो योजनामा मैले नै प्रश्न उठाउने समय आएको छ । केही फरक रणनीति ल्याएको भए सायद नतिजा हाम्रो हातमा आउथ्यो की ? हामीले आफ््नो कमजोरी सुधार्नु पर्ने बेला आएको छ । पछिल्लो तीन साता हाम्रा लागि निकै कस्टपूर्ण रह्यो । टोली ठूलो संकटमा छ ।’