इजिप्ट

सलाह इजिप्टका सर्वकालिन खेलाडी नभएको हसनको दाबी

कायरो । इजिप्टका पूर्वप्रशिक्षक हसन सिहताले  स्ट्राइकर मोहम्मद सलाहले राष्ट्रिय फुटबल टोलीका कुनै उपलब्धी हासिल नगरेको दाबी गरेका छन् ।

केही दिन अघि इजिप्टका पूर्व युवा तथा खेलकुदमन्त्री खालिद अब्दिल अजिजले इजिप्टमा राष्ट्रिय एकताको सन्देश छर्न सलाहले ठूलो भुमिका खेलेको बताएका थिए । मन्त्री खादिलको भनाईमाथि प्रतिक्रिया जनाउँदै हसनले इजिप्टका लागि मात्र नभई लिभरपुलका लागि पनि सलाहले धेरै उपलब्धी हासिल गर्न बाँकी रहेकाले आफ्नो खेल थप सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

सन् २०२१–२२ सिजनमा लिभरपुलले इङलिस लिग कप र एफए कपको उपाधि जितेको थियो । सलाहले सबै खाले प्रतियोगिता गरि ३१ गोल गर्नुका साथै १५ गोलका लागि असिस्ट गरेका थिए । 

तर इजिप्टका लागि भने उनले सफलता चुमाउन सकेका छैनन । इजिप्टले फेर्बुअरीमा सेनेगललाई अफ्रिका कप अफ नेसन्सको फाइनलमा नतिजा सुम्पिएको थियो । त्यस्तै इजिप्ट मार्चमा विश्वकप छनोट प्लेअफबाट अघिल्लो चरण प्रवेशमा असफल भएको थियो । 

हसनको प्रशिक्षणमा इजिप्टले सन् २००६, २००८ र २०१० मा लगातार तीन पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्दै कीर्तिमान रचेको थियो । हसन सन् २००४ देखी २०११ सम्म इजिप्टका प्रशिक्षक थिए ।

‘सलाह विश्वकै उत्कृष्ट खेलाडी हुन् र यसमा कुनै दुबिधा छैन,’हसनले भने,'इजिप्टका सर्वकालिन खेलाडी भने होइनन् । राष्ट्रिय टोलीका लागि उनले कुनै योगदान गरेको जस्तो लाग्दैन । उनी क्षमतावान खेलाडी हुन् र उनले धेरै उपलब्धी हासिल गर्न सक्थे ।'