कार्भाहलको गोलमा रियाल विजयी

मड्रिड, (खेलाडी)- ड्यानियल कार्भाहलको निर्णायक गोलमा रियाल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रालाई तेस्रो खेल सम्म निरन्तरता दिएको छ । 

ल लिगामा शनिबार राति रियालले रियाल बेटिसमाथि १-० को जित हासिल गरेको थियो । ला लिगमा विजयी सुरुआत गरेको रियाल दोस्रो खेलमा भने सेल्टा भिगोसँग बराबरीमा सिमित भएको थियो । 

६१औं मिनेटमा कार्भाहलले गरेको गोल कार्लो एन्सेलोट्टीकोे टोलीलाई स्पष्ट ३ अंक बटुल्न पर्याप्त बन्यो । कार्भाहलले करिम बेन्जिमाको पासलाई गोलमा परिणत गरेका थिए ।

रियाल बेटिसले भने जारी सिजन ३ खेलको समाप्तीमा जितको स्वाद चाख्न पाएको छैन । पहिलो दुई खेलमा बराबरी खेलेको बेटिस तेस्रो खेलमा भने पराजित भयो ।

जित पछि तीन खेलमा सात अंक जोडेको रियाल शीर्ष स्थानमा छ । समान खेलमा समान ७ अंक जोडेका सेभिया, भ्यालेन्सिया र रियाल मायोर्का दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । बेटिस भने मात्र २ अंकका साथ १४औं स्थानमा छ ।