किलियन एमबाप्पे

रंगभेदका कारण सन्यासको मनासायमा पुगेको एमबाप्पे खुलासा

पेरिस । फ्रेन्च स्ट्राइकर किलियन एमबाप्पेले रंगभेद व्यवहारका कारण आफू अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मनासायमा पुगेको खुलाएका छन् ।

यसअघि फ्रान्स फुटबल फेडेरेसनका अध्यक्ष नोइल ले ग्रेइटले युरोपियन च्याम्पियनसिपको प्रि–क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी चुकाएपछि आलोचनाका कारण एमबाप्पले सन्यासको मनासाय बनाएको बताएका थिए । तर, एमबाप्पेले भने स्विट्जरल्यान्डसँगको खेलका कारण नभई रंगभेदका कारण आफूले एक समय सन्यास लिने अन्तिम मनासायमा पुगेको बताएका हुन् ।

‘हो मैले उनलाई (ग्रेइट) पेनाल्टीका कारण नभई रंगभेदका कारण म यो मनासायमा पुगेको बताएका थिए । तर, उनले त्यहाँ कुनै रंगभेदका नभएको माने,’ एमबाप्पे ट्विटरमा लेखेका छन् ।

फ्रान्सबाट ५७ खेल खेलेका एमबाप्पेले २७ गोल गरेका छन् । एमबाप्पेले यसअघि पनि फ्रान्सको टिमका लागि आफू एक समस्या भए यसबाट टाढिन तयार रहेको बताएका थिए ।