चेल्सी लिभरपुल बराबर

लन्डन  (खेलाडी)- १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको चेल्सीले शनिबार राति इङ्लिस प्रिमियर लिगको खेलमा लिभरपुलसँग १-१ को बराबरी खेल्दै अंकं बाढेको छ । 

काई हाभार्टजको गोलमा सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा चेल्सी अंक बाढ्न बाध्य भएको थियो । हाभार्टजले २२औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।चेल्सीका रेसी जेम्सले पेनाल्टी बक्समा हातले बल छोएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई सालाहले सहजै गोलमा परिणत गरेर लिभरपुललाई एक अंक दिलाए । रेफ्रीले भिडियो सहायाक रेफ्री (भिएआर) को सहयोगमा घरेलु टोली लिभरपुललाई पेनाल्टी दिएका थिए ।प्रिमियर लिगमा तीन खेलको समााप्तीमा दुवै टोलीको अपराजित यात्रा कायम छ ।

समान तीन खेलमा समान सात अंक जोडेका लिभरपुल र चेल्सी क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । समान ३ खेलमा समान ७ अंक जोडेको वेस्ट ह्याम शीर्ष स्थानमा छ भने एभर्टन ७ अंकका साथ चौथो स्थानमा छ । पाँचौ स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ ।