आर्सनल

आर्सनल र एनकेटियाबीचको सम्झौता नविकरण

लन्डन । इङ्लिस क्लब आर्सनल र स्ट्राइकर एडी एनकेटियाबीचको सम्झौता नविकरण भएको छ ।

आर्सनलले शनिबार एनकेटियासँगको सम्झौता पाँच वर्ष थप गरेको हो । यसअघि एनकेटिया र क्लबबीचको सम्झौता यसै महिनाको अन्त्यमा समाप्त हुने थियो । सन् २०१७ मा आर्सनलको सिनियर टिमबाट डेब्यु गरेयता एनकेटियाले आर्सनलका लागि ९२ खेलमा २३ गोल गरेका छन् ।

पछिल्लो सिजन राम्रो लयमा रहेका एनकेटियाले आर्सनलबाट पहिलो रोजाईमा परेका आठ खेलमा पाँच गोल गरेका थिए ।

‘एनकेटिया र क्लबबीचको सम्झौता नविकरण भएकोमा म निकै खुसी छु,’ आर्सनलका प्रशिक्षक माइकल अर्टेटाले भने, ‘उनले सम्झौता नविकरण गरेका निकै खुसी छौं । र, अब हामी एक राम्रो प्रतिभासँग एकसाथ प्रशिक्षण सुरु गर्नेछौं ।’