एन्फा चुनाव

एन्फाको चुनावी साधारण सभा ९ बजे सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव साधारण सभा ९ बजे सोमबार ९ बजे सुरु हुने भएको छ । बुढानिलकण्ठस्थित र्पाक भिलेज रिसोर्टमा हुने साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकायको नेतृत्व चयन गर्नेछ ।

‘एन्फाले बिहान ९ बजे ‘ओपनिङ सेसन’ गर्ने तयारी गरेको छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘चुनावी प्रक्रिया कस्तो हुने भन्नेबारे आइतबार बस्ने कार्यसमितिको बैठकपछि मात्रै निश्चित हुनेछ ।’

अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका लागि चुनावी मैदानमा छन् । दुवै अध्यक्षका आकांक्षी सदस्यसम्म आफ्नो प्यानल नै लिएर चुनावी मैदानमा होमिएका छन् ।

शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट वीर बहादुर खड्काले उम्मेदवारी दिएका छन् ।