खेलाडी सरुवा

माने बायर्नमा

लन्डन । इङ्लिस क्लब लिभरपुलले स्ट्राइकर साडियो मानेलाई ४१ मिलियन युरोमा बेच्न जर्मन क्लब बायर्न म्युनिखसँग सहमती गरेको छ ।

लिभरपुलले मानेका लागि बायर्नबाट ३२ मिलियन युरो पाउनेछ । यसबाहेक, मानेको प्रदर्शनका आधारमा ६ मिलियन युरो र टिम र व्यक्तिगत उपलब्धिको आधारमा थप तीन मिलियन युरो पाउनेछ ।

लिभरपुलले यसअघि ३० वर्षीय स्ट्राइकरलाई बायर्नले दुई पटक गरेको प्रस्ताव अस्वीकार गरेको थियो ।

माने सन् २०१६ मा साउथह्याम्पटनबाट ३१ मिलियनसँगै थप २.५ मिलियन युरोमा लिभरपुलसँग जोडिएका थिए ।

लिभरपुरल भित्रिएयता मानेले प्रिमियर लिगमा ९० गोल गरेका छन् । मानेले पछिल्लो सिजन सबैखाले प्रतियोगितामा गरी लिभरपुलबाट २३ गोल गरेका थिए ।