बार्सिलोना

चेल्सी अनुबन्धित हुने कुरा अफवाह मात्र भएको डेम्बेलको टिप्पणी

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका विंगर ओस्मान डेम्बेलेले आफू अनुबन्धित हुने खबर अफवाहमात्र भएको बताएका छन् ।

डेम्बेलेलाई बार्सिलोनाले सन् २०१९ मा एक सय पाँच मिलियन युरोमा बोरुसिया डर्टमन्डबाट अनुबन्धित गरेको थियो । पाँच वर्षे सम्झौतामा बार्सिलोना भित्रिएका डेम्बेलेको सम्झौता यही जुनको अन्त्यसँम्ममात्र छ ।

सम्झौता सकिँनै लाग्दा डेम्बेलेलाई भित्र्याउन इङ्लिस क्लब चेल्सीसँगै जर्मन क्लब बायर्न म्युनिख पनि दौडमा रहेको खबरहरु सार्वजनिक भइरहँदा डेम्बेलेले भने यी सबै अफवाह मात्र भएको बताएका हुन् ।

‘हाल बाहिर चर्चाका आएका सबै कुराहरु अफवाह मात्रै हुन् । म बार्सिलोनामै सहज महसुस गरिरहेको छु,’ डेम्बेलेले भने ।

गएको सिजन ला लिगामा १३ असिस्ट गरेका डेम्बेले ला लिगामा सर्वाधिक असिस्ट गर्ने खेलाडी बनेका थिए ।

बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले फ्रान्सका २५ वर्षीय विंगरलाई क्लबमै राख्ने बताइरहँदा डेम्बेलेले पनि स्पेनिस क्लबाबाटै खेल्ने इच्छा व्यक्त गरेका छन् ।