मोनाको

फाब्रिगाससँगको सम्भौता नविकरण नहुने मोनाकोको पुष्टि

पेरिस । फ्रेन्च क्लब मोनाकोले मिडफिल्डर सेस फाब्रिगाससँगको सम्झौता नविकरण नगर्ने पुष्टि गरेको छ ।

आर्सनल, बार्सिलोना र चेल्सीका पूर्व खेलाडी फाब्रिगास सन् २०२१–२२ को सिजन चोटसँग मात्रै जुधिरहे । यसैकारण यस सिजन फाब्रिगासले लिग वानमा दुई खेलमात्र खेले । तेस्रो स्थानमा रहँदै लिग टुङ्ग्याएको मोनाको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) र दोस्रो स्थानका मार्सेभन्दा पछि परेको थियो ।

मोनाकोले शनिबार एक विज्ञप्ति जारी गर्दै ३५ वर्षीय मिडफिल्डरसँगको सम्झौता नविकरण नगर्ने जनाएको हो ।

‘फुटबल करियरमा आठ सय ३० भन्दा धेरै खेल खेलेका मिडफिल्डर, जसको सम्झौता समाप्त हुँदैछ, क्लब भित्रिएको साढे तीन वर्षपछि मोनाको छोड्दैछन्,’ विज्ञप्तिमा उल्लेख छ ।