कतार विश्वकप २०२२

अफ्रिकी महादेशबाट विश्वकपमा सबैभन्दा धेरै पटक छनोटका भएका टिम कुन–कुन ?

काठमाडौं । नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुने फिफा विश्वकप खेल्ने ३२ नै टिमको टुङ्गो लागिसकेको छ ।

यस पटक विश्वकपका लागि अफ्रिकी महादेशबाट पाँच टिम (क्यामरुन, घाना, सेनेगल र ट्युनिसिया) छनोट भएका छन् ।

सन् १९८२ को संस्करणबाट विश्वकपमा ‘डेब्यु’ गरेको क्यामरुन लागि यो आठौं विश्वकप हो । क्यामरुन अफ्रिकी महादेशबाट सबैभन्दा धेरै पटक विश्वकप खेल्ने राष्ट्र हो ।

क्यामरुनबाहेक, अफ्रिका महादेशबाट मोरक्को, नाइजेरिया र ट्युनिसियाले समान ६ पटक विश्वकपको टिकटक काटेका छन् । यस्तै, घाना र अल्जेरियाले चार पटक विश्वकप खेल्दा सेनेगल, इजिप्ट, दक्षिण अफ्रिका र आइभेरी कोस्टले समान तीन पटक फुटबल महाकुम्भमा आफ्नो टिकट काटेका छन् ।

अफ्रिका महादेशबाट धेरै पटक विश्वकप खेल्ने टिमः

  • क्यामरुनः सन् १९८२, १९९०, १९९८, २००२, २०१०, २०१४ र २०२२
  • मोरक्कोः सन् १९७०, १९८६, १९९४, १९९८, २०१८ र २०२२
  • नाइजेरियाः १९९४, १९९८, २००२, २०१० र २०१८
  • ट्यनिसियाः सन् १९७८, १९९८, २००२, २००६, २०१८ र २०२२
  • घानाः २००६, २०१०, २०१४ र २०२२
  • अल्जेरियाः १९८२, १९८६, २०१० र २०१४
  • सेनेगलः २००२, २०१८, र २०२२
  • इजिप्टः १९३४, १९९० र २०१८
  • दक्षिण अफ्रिकाः १९९८, २००२ र २०१०
  • आइभेरी कोस्टः २००६, २०१० र २०१४