लिले

लिलेको प्रशिक्षण छोड्दै गोरभेनिक

पेरिस । लिलेले मुख्य प्रशिक्षक ज्सलिन गोरभेनिकले क्लबको जिम्मेवारी छोड्ने भएका छन् । लिले शुक्रबार आपसी सम्झौतामा गोरभेनिकले क्लबको मुख्य प्रशिक्षण छोड्न लागेको जनाएको हो । गोरभेनिक पछिल्लो सिजन मात्रै लिलेको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

गोरभेनिकको प्रशिक्षणमा लिलेले सन् २०२१–२२ को सिजन लिग वानमा ५५ अंक जोडेर १०औं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।

त्यसअघि च्याम्पियन्स लिगमा लिलेले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । च्याम्पियन्स लिगमा लिले चेल्सीसँग पराजित भएको थियो ।

गोरभेनिकले क्लब छोड्ने भएसँगै रोमा तथा सख्तर डोनेस्कका पूर्व मुख्य प्रशिक्षक पाउलो फोन्सेकाले लिलेको जिम्मेवारी सम्हाल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।