एन्फा चुनाव

आगामी चार वर्षमा नेपाललाई एसियाको उत्कृष्ट १० मा समावेश गर्ने पौडेलको एजेन्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा उम्मेदवारी दिएको राजीवराज पौडेलले आफ्नो सात पृष्ठ लामो एजेन्डा सार्वजनिक गरेका छन् । असार ६ गते हुने निर्वाचनका लागि भोट उनले गरेको भोट अपीलमा नेपाललाई दुई वर्षमा सार्क रिजनको उत्कृष्ट टिम र चार वर्षमा एसियाकै उत्कृष्ट १० मा पुर्याउने योजना समावेश गरेका छन् ।

आगामी सोमबार हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरीष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

शेर्पा र नेम्वाङ आ-आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने पौडेल आफू एक्लै छन् ।