इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिगको तालिका सार्वजनिक

लन्डन । इङ्लिस प्रिमियर लिग २०२२–२३ को तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार नयाँ सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।

अगस्ट ६ देखि सुरु हुने सिजन २०२२–२३ को पहिलो खेलमा क्रिस्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । खेल क्रिस्टल प्यालेसको घरेलु मैदान सेल हर्स्टमा हुनेछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

सोही दिन फुलहमले लिभरपुलसँग, बर्नमाउथले एस्टोन भिल्लासँग, लिड्सले वुल्भ्ससँग, लेस्टर सिटीले ब्रेन्टफोर्डसँग, न्युक्यासलले नटिङ्घम फरेस्टसँग, टोटनहमले साउथह्याम्पटनसँग, एभर्टनले चेल्सीसँग खेल्ने तालिका सार्वजनिक भएको छ ।

अगस्ट सातमा साविक विजेता म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग र वेस्ट ह्यामले म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

यस सिजन फुलहम, बर्नमाउथ र नटिङ्घम फरेस्ट प्रिमियर लिगमा बढुवा भएका हुन् ।