ड्यानी आल्भेस

आल्भेसले बार्सिलोना छोड्ने

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका भेट्रान रक्षक ड्यानी आल्भेसले क्बल छोड्ने भएका छन् ।

सन् २०१६ मा बार्सिलोना छोडेका आल्भेस पुनः सन् २०२१ को नोभेम्बरमा क्याम्प नाउ फर्किएका थिए । तर, उनले बार्सिलोनासँग जोडिन जनवरीसम्म कुर्नुपरेको थियो ।

बार्सिलोनाको ‘सेकेन्ड स्पेन’ मा १७ खेल खेलेका आल्भेसले एक गोल र चार असिस्ट गरेका छन् ।

यसअघि आल्भेसले बार्सिलोनामा अर्को सिजन पनि खेल्ने चाहना सार्वजनिक गरेका थिए । तर, बुधबार क्लबमा नबस्ने सार्वजनिक गरेका हुन् ।

‘अब हाम्रो बिदाईको समय आएको छ । उनीहरु आठ वर्षभन्दा धेरै क्लबमा प्रतिबद्ध रहे,’ आल्भेसले इन्स्टाग्राममा लेखेका छन्, ‘आशा गर्छु समर्थकहरुले मेरो क्रेजिनेस र दैनिक खुसीलाई बिर्सिने छैनन् । सदैव बार्सिलोना ।’

आल्भेसले बार्सिलोनाबाट २३ उपाधि जितेका छन् । जसमा दुई ‘ट्रेबल’ र एक ‘सिक्टुपल’ समेत छन् ।