नेपाली फुटबल

नेपाली फुटबल टिम स्वदेश आइपुग्यो

काठमाडौं । एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोट खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिमलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरु पुगेका थिए ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै घरेलु टिम ओमान, जोर्डन र इन्डोनेसिया थिए । जसमा नेपाल तीन खेलमै पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल जोर्डनसँग २–०, दोस्रो खेलमा ओमानसँग ४–१ र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले हारेको थियो ।

समूहको शीर्ष दुई टिमले एसियन कप खेल्न पाउने प्रावधानअनुसार समूह ‘ए’ बाट इन्डोनेसिया र जोर्डनले क्रमशः पहिलो र दोस्रो हुँदै स्थान पक्का गरिसकेका छन् ।