नेपाली फुटबल

नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किदै

काठमाडौं । एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोट खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (बिहीबार) स्वदेश फर्किदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टिम आज बिहान १० बजे त्रिभुवन विमानस्थल ओर्लने छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै घरेलु टिम ओमान, जोर्डन र इन्डोनेसिया थिए । नेपाल तीनै खेलमा पराजित भएको थियो ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले, दोस्रो खेलमा ओमानसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।

समूहको शीर्ष दुई टिमले एसियन कप खेल्न पाउने प्रावधानअनुसार समूह ‘ए’ बाट इन्डोनेसिया र जोर्डनले क्रमशः पहिलो र दोस्रो हुँदै प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका थिए ।