एएफसी एसियन कप

एएफसी एसियन कप २०२३ मा छनोट भएका २४ टिम कुन कुन ?

कुवेत सिटी । अन्तिम खेलमा इन्डोनेसियाले नेपाललाई ७–० ले पराजित गरेसँगै आगामी वर्ष चीनमा हुने एएफसी एसियन कप २०२३ मा छनोट हुने २४ टिमको टुङ्गो लागेको छ ।

प्रतियोगितामा यसअघि नै १२ टिमले स्थान पक्का गरिसकेका थिए । र, बाँकी ६ स्थानका लागि तेस्रो चरणमा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरिएको थियो । जसको शीर्ष दुई स्थानमा रहने टिमले एसियन कप खेल्ने समीकरण थियो ।

सोही समीकरण अनुरुप तेस्रो चरणको छनोटमा समूह ‘ए’ बाट इन्डोनेसिया र जोर्डन, समूह ‘बी’ बाट प्यालेस्टाइन र फिलिपिन्स, समूह ‘सी’ बाट उज्वेकिस्तान र थाइल्यान्ड, समूह ‘डी’ बाट भारत र हङकङ, समूह ‘इ’ बाट बहराइन र मलेसियासँगै समूह ‘एफ’ बाट ताजिकिस्तान र कीर्गिस्तानले क्रमशः समूह विजेता र उपविजेताको हैसियतमा प्रतियोगितामा आफ्नो स्थान पक्का गरे ।

एएफसी एसियन कप खेल्ने २४ देश:

  • अस्ट्रेलिया
  • जापान
  • इरान
  • इराक
  • दक्षिण कोरिया
  • लेबनान
  • प्यालेस्टाइन
  • ओमान
  • चीन (आयोजक)
  • कतार
  • संयुक्त अरब इमिरेट्स (युएई)
  • साउदी अरेविया
  • भियतनाम
  • जोर्डन
  • सिरिया
  • उज्वेकिस्तान
  • भारत
  • बहराइन
  • ताजिकिस्तान 
  • थाइल्यान्ड
  • मलेसिया
  • कीर्गिस्तान
  • हङकङ 
  • इन्डोनेसिया