ग्वार्डिओला सिटीको वर्तमान टोलीमै सन्तुष्ट

लन्डन (खेलाडी)- म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ सिजनका लागि कुनै पनि शीर्ष खेलाडी अनुबन्ध नगरे पनि आफू वर्तमान टोलीमा सन्तुष्ट रहेको बताएका छन् ।

अगस्ट ३१ मा सरुवा बजार बन्द हुनुअघि सिटी टोटनहमका कप्तान ह्यारी केनलाई अनुबन्धन गर्न सिटी प्रयासरत छ । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्टस छोड्ने खबर सार्वजनिक भएपछि उनकाे गन्तब्य सिटी हुने निक्कोकै चर्चा चलेको थियो । यद्धपी रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धन भइसकेका छन् ।

तर ग्वार्डिओलाले आफूसँग हाल भएको टोलीमा सन्तुष्ट रहेको बताएका हुन् । सिटी एस्टन भिल्लाका कप्तान ज्याक ग्रिलिसलाई क्लब कीर्तिमानी  १० करोड पाउन्डमा अनुबन्धन गरेको थियो ।

‘म मेरो टोलीसँग खुशी छ्,’ उनले भने, ‘हामीसँग गत सजनकै टोली छ । सर्जियो अग्विरो बाहिरिएका छन् भने ज्याक टोलीमा थपिएका छन् । सरुवा बजारको अन्त्य सम्म अरु खेलाडीको क्लब अनुबन्धन सम्भावना पनि नरहेको होइन । तर हामी टोलीमा धेरै परिवर्तन होस् भन्ने चाहदैनौं ।’