लुकाकुलाई चिन्ता छैन 

लन्डन, (खेलाडी)- इङलिस प्रिमियर लिगमा पुनरागमन गर्दा स्ट्राइकर रोमेलु लुकाकुलाई त्यहाँ पुन आफ्नो क्षमता प्रमाणित गर्नु पर्छ भन्नेमा पटक्कै चिन्ता छैन । 

लुकाकु हालै मात्र क्लब कीर्तिमानी ९ करोड ७५ लाख पाउन्डमा चेल्सी फर्किएका थिए । लुकाकुले स्टाम्फोर्ड ब्रिज पुनरागमनमा कस्तो प्रदर्शन गर्छन् भन्ने चासो सबैको छ । चासो भन्दा पनि बढी उनको आलोचना सुरु भइसकेको छ । तर ती आलोचनामा ध्यान दिएर समय बर्बाद गर्ने पक्षमा लुकाकु छैनन । किनकी २८ वर्षे फरवार्डले आइतबार आर्सनलविरुद्धको खेलबाट चेल्सीको जर्सीमा पुनरागमन जनाउँदा नै गोल गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् ।  

म सबैप्रति सम्मान गर्छु । मलाई पनि सबैले सम्मान गरिदिए पुग्छ । कसैले तपाईको लगातार आलोचना मात्र गरिरहन्छ भने उनीहरुसँग प्रतिवाद गर्नु आफ्नो समय र शक्तिको बर्बादी मात्र हो ।

‘मेरो पछाडी कसले कुरा काट्छ भनेर म चिन्तित हुदिँन । किनभने मैले युवा अवस्थाबाटै यो परिस्थितीको सामना गर्दै आइरहेको छु,’ लुकाकुले भने, ‘मेरा लागि यो सब नौलो होइन । मानिसहरु मेरो बारेमा जे भनिरहेका छन्, उनीहरुलाई भन्न दिनुस्  । मेरो आफ्नै धारणा छ । मेरो चाहना छ, म सबैप्रति सम्मान गर्छु । मलाई पनि सबैले सम्मान गरिदिए पुग्छ । कसैले तपाईको लगातार आलोचना मात्र गरिरहन्छ भने उनीहरुसँग प्रतिवाद गर्नु आफ्नो समय र शक्तिको बर्बादी मात्र हो ।’

लुकाकुलाई टोलीमा आफ्नो महत्वका साथै आफ्नो क्षमता राम्रोसँग थाहा छ । प्रिमियर लिगमा बेल्जियमका स्ट्राइकर लुकाकुले एभर्टनबाट आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । स्टाम्फोर्ड ब्रिजबाट एभर्टन गएका लुकाकु सात वर्षपछि चेल्सी फर्किएका हुन् । 

प्रशिक्षक थोमस टचेलका लागि उनी यस्तो खेलाडी बन्न सक्छन्, जसले शीर्ष चारको लक्ष्यबाट क्लबलाई उपाधि दाबेदारको रुपमा उभ्याउन सक्छ । गत दुई सिजन लुकाकुले इटालियन सिरी ‘ए’ मा आफ्नो गर्विलो उपस्थिती जनाउने क्रममा इन्टर मिलानबाट उत्कृष्ट प्रदर्शन गरे । लुकाकुै प्ररेणामा इन्टर गत सिजन सिरी ‘ए’ च्याम्पियन बनेको थियो । तर आर्थिक संकटका कारण इन्टर लुकाकुलाई प्रिमियर लिगको क्लब चेल्सीमा बेच्न बाध्य भयो । 

एन्टोनियो कोन्टे चेल्सीको प्रशिक्षक रहँदा उनको प्रशिक्षणमा खेल्नकै लागि लुकाकु एभर्टन छोड्न तयार भएका थिए । तर उनी स्टामफोर्ड ब्रिज भित्रिन पाएनन् । अन्नत लुकाकु त्यही सिजन ओल्ड ट्राफोर्ड भित्रिए । युनाइटेड बसाई लुकाकुका लागि सुखद बन्न सकेन । उनले विरलै आफ्नो क्षमण प्रमाणित गर्ने अवसर पाए ।

नयाँ सिजनका लागि प्रशिक्षक ओले गनर सोल्ससायरको योजनामा नपरेसँगै लुकाकु  ओल्ड ट्राफोडबाट इन्टर सरुवा भएका थिए । कोन्टेको प्रशिक्षणमा खेल्ने उनको इच्छा इन्टरमा पूरा भयो । लुकाकु ७ करोड ४० लाख पाउन्डमा युनाइटेडबाट इन्टर सरुवा भएका थिए । 

इन्टरमा लुकाकु क्लबको कीर्तिमानी गोलकर्ता बने । लुकाकुमा देखिएको परिपक्वता इन्टरका लागि निकै अर्थपूर्ण रह्यो । गत सिजन इन्टरले ११ वर्षको अन्तारलपछि इटालियन सिरी ‘ए’ को उपाधि जित्यो । इन्टरको उपाधि यात्रामा नायक रहे लुकाकु । उनले २४ गोल गर्नुका साथै ११ गोलका लागि अवसर मिलाएका थिए ।

चेल्सीबाट लुकाकुको पहिलो सिजन यादगार बन्न सकेको थिएन । उनले १५ खेलमा कुनै पनि गोल गर्न सकेका थिएनन् । १८ वर्षमा लुकाकु पहिलो पटक चेल्सीमा अनुबन्धन हुँदा उनलाई डिडियर ड्रोग्बाको उत्तराधिकारीको रूपमा हेरिएको थियो ।

‘इटालियन सिरी ‘ए’ खेल्ने मेरो ठूलो इच्छा थियो,’ लुकाकुले भने, ‘मेरो इच्छा पूरा भयो । कोन्टेले मलाई धेरै सहयोग गरे । उनले मलाई आफ्नो क्षमता चिनाए । इटालीमा मेरो खेल जीवन निकै फरक रह्यो । म रणनीतिक रुपमा अब्बल बन्दै गएँ । पहिलो सिजनमा हामीले आफूलाई उपाधिको दाबेदरको रुपमा उभ्यायौं । अन्तत दोस्रो सिजन भने हामीले उपाधि आफ्नो पोल्टामा पारिछाड्यौं ।’

लुकाकु इन्टरमै खुशी थिए । तर कोभिड १९ महामारीका कारण सिर्जित आर्थिक संकटका कारण लुकाकुको यस सिजन पनि इन्टरमै बस्ने योजना पूरा हुन पाएन । क्लबको बोर्डसँग असन्तुष्ट रहेपछि कोन्टेले पनि इन्टरको यात्रामा पूर्णविराम लगाए । कोन्टेको बर्हिगमन र क्लबको कमजोर आर्थिक पाटो अन्तत लुकाकु र चेल्सीको पूर्नमिलनको सेतु बन्न पुग्यो ।

चेल्सीबाट लुकाकुको पहिलो सिजन यादगार बन्न सकेको थिएन । उनले १५ खेलमा कुनै पनि गोल गर्न सकेका थिएनन् । १८ वर्षमा लुकाकु पहिलो पटक चेल्सीमा अनुबन्धन हुँदा उनलाई डिडियर ड्रोग्बाको उत्तराधिकारीको रूपमा हेरिएको थियो ।

तर पहिलो रोजाईमा विरलै मात्र अवसर पाएपछि उनी निराश बन्न पुगे । चेल्सीबाट लोनमा एभर्टन गएपछि मात्र लुकाकु आफ्नो क्षमता प्रमाणित गर्न सफल भए । एभर्टनमा तीन सिजनमा ८७ गोल गरेपछि चेल्सीले लुकाकुलाई फिर्ता बोलाउन चाहे पनि उनी ७ करोड ५० लाख पाउन्डमा युनाइटेडमा अनुबन्ध भएका थिए ।

‘ममा युवा जोश थियो । त्यतिबेला म अहिले जस्तो भविष्य केद्रित थिइन,’ लुकाकुले भने, ‘मेरो खेल जीवनमा धेरै आरोह अवरोह आयो । तर चेल्सीसँग मेरो सधै सुमधुर सम्बन्ध रहदै आयो । त्यसैले चेल्सी फर्कने प्रस्तावमा सहमत भएँ ।’

(दी गार्जियनबाट)