इङ्लिस प्रिमियर लिग

सिटीका फोडेन लगातार दोस्रो सिजन उत्कृष्ट युवा खेलाडी घोषित

लन्डन । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन इङ्लिस प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

फोडेन लगातार दोस्रो सिजन प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडी चुनिएका हुन् ।

आइतबार शीर्ष स्थानमा आसिन सिटीले यस सिजनको अन्तिम खेल खेल्नुअघि २१ वर्षीय फोडेनले यस सिजन नौ गोल र पाँच असिस्ट गरेका छन् ।

‘लगातार दोस्रो सिजन उत्कृष्ट युवा खेलाडी चुनिँदा म निकै खुसी छु,’ फोडेनले भने, ‘यस सिजनको प्रदर्शनबाट म निकै खुसी छु । र, टिमका लागि सहयोग गर्न पाउँनु निकै गर्वको कुरा हो ।’

सिजनको उत्कृष्ट युवा खेलाडी चुनिने क्रममा फोडेनले सात खेलाडीलाई पछि पारेका थिए ।