लियोनल मेसी

मेसी इन्टर मियामी जाने चर्चा

लन्डन । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी सन् २०२३ मा इन्टर मियामीमा अनुबन्ध हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।

३४ वर्षका मेसी स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट सन् २०२३ सम्मका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका थिए ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पिएसजीसँगको सम्झौता सकिएसँगै अमेरिकी सकर क्लबको ३५ प्रतिशत शेयरसहित मेसी मियामी अनुबन्धित हुने जनाएका छन् ।

अर्जेन्टिनी स्ट्राइकर मेसीले यसै सिजनको सुरुआतमा बार्सिलोना छाडेका थिए । सात पटक बालन डी’ अर विजेता मेसीले लिग वानमा यस सिजन स्वभाविक लयका लागि निकै स‍ंर्षरत देखिएका छन् । यस सिजन फ्रेन्च लिगमा २५ खेल खेलेका मेसीले ६ गोल र १३ असिस्ट गरेका छन् ।