सहिद स्मारक ‘सी’ डिभिजन लिग

विरगञ्जमाथि पुल्चोकको सहज जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार पुल्चोक स्पोर्टस क्लबले विरगञ्ज युथ एकेडेमीमाथि ४–० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गोविन्दबहादुर थापाले ३९औं मिनेटमा गरेको गोलबाट पुल्चोकले अग्रता लिएको थियो । ५२औं मिनेटमा सिरवलो तामाङले पुल्चोकको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि सदाम मन्सुरले पुल्चोकका लागि तेस्रो गोल गरे ।

यस्तै, सागर थिंगले ६६औं मिनेटमा चौथो गोल गर्दै पुल्चोकको फराकिलो जित निश्चित गरे ।  

जितसँगै आठ खेलबाट आठ अंक जोडेको पुल्चोक ११औं स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट चार अंक जोडेको विरगञ्ज भने १३औं स्थानमा छ ।

लिगमा सहभागि १४ टोलीमध्ये शीर्ष दुई क्लब ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ छनोटमा घटुवा हुनेछन् ।