इङ्लिस प्रिमियर लिग

आर्सनल न्युक्यासलसँग स्तब्ध

लन्डन । न्युक्यासल युनाइटेडसँग २-० ले स्तब्ध भएपछि आर्सनलको इङलिस प्रिमियर लिगको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पिन्यस लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ ।

३७ खेलमा ६६ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ । जुन चौथो स्थानको टोटनहमभन्दा दुई अंक कम हो । पछिल्लो खेलमा टोटहमलाई ३-० को नतिजा सुम्पिएपछि पाँचौ स्थानमा झरेको आर्सनल न्युक्यासलसँगको हार पछि थप दबाबमा परेको छ । 

आर्सनल सन् २०१६ पछि पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा छ । 

आर्सनलले अब प्रिमियर लिगको चौथो स्थान पक्का गर्दै च्याम्पियन्स लिग खेल्नका लागि अन्तिम खेलमा एभर्टनमाथि जित निकालेर मात्र पर्याप्त हुँदैन । त्यसका लागि टोटनहमले नर्विच सिटीलाई नतिजा सुम्पिएको कामना गर्नुपर्नेछ ।

५५औं मिनेटमा आर्सनलका बेन ह्वाइटको आत्मघाती गोलमा न्युक्यासलले अग्रता लिएको थियो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा ब्रुनो ग्युमारेजको गोलमा न्युक्यासलले अग्रता दोब्बर पारेको थियो ।