अभिषेक बराल

गोलकिपर अभिषेक कम्तिमा तीन महिना मैदान बाहिर रहने

फाइल फाेटाे

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलकिपर अभिषेक बराल कम्तिमा तीन महिना मैदान बाहिर रहने भएका छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा काँधमा चोट बोकेपछि युवा गोलरक्षक अभिषेक प्रशिक्षण बाहिर छन् । हाल उनको सातदोबाटोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली टिम यतिबेला जेठ अन्तिम साता कुवेतमा हुने एएफसी एसियन कप–२०२३ छनोटको तयारीमा रहेको छ । टिमको प्रशिक्षण दशरथ रंगशालामा भइरहेको छ । यस्तै टिमले विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण नियमित टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अभिषेकले पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकमा मौका पाएका थिए ।

नियमित गोलकिपर तथा कप्तान व्यवसायिक फुटबलका लागि माल्दिभ्सको माजिया एससीमा आवद्ध छन् । यता, विवादका कारण अर्का गोलकिपर विशाल श्रेष्ठ टिम बाहिर छन् भने खेलाडीले होटेल छाडेपछि बोलाइएका भएका विकेश कुथु प्रशिक्षणमा सामेल भएका छैनन् ।

हाल टोलीमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र थापा गोलकिपर छन् ।