मोहम्मद सालाह

च्याम्पियन्स लिगका लागि पूर्ण फिट हुनेमा विश्वस्त सलाह

लन्डन । इङ्लिस क्लब लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले च्याम्पियन्स लिग फाइनलसम्म पूर्ण फिट भई मैदान फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

शनिवार एफए कपअन्तर्गत वेम्बलीमा भएको चेल्सीविरुद्धको फाइनल खेलमा सलाह खेलको ३० मिनेटमै मैदानबाट बाहिरिएका थिए ।

यद्यपि, निर्धारित र अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि लिभरपुलले पेनाल्टीमा ६–५ ले बाजी मार्दै उपाधि जितेको थियो ।

खेलपछि च्याम्पियन्स लिग फाइनलका लागि फिट हुने नहुनेबारे सोधिएको प्रश्नमा सलाहले आफू पूर्ण फिट हुने बताएका हुन् ।

‘पक्कै पनि म च्याम्पियन्स लिग फाइनलसम्म पूर्ण फिट भइसक्नेछु,’ सलाहले भने ।

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा तीन अंकले पछि छ । र, लिग उपाधिको छिनोफानो हुन अब दुई खेलमात्र बाँकी छ ।