जर्मन बुन्डेसलिगा

बायर्न यात्रामा पूर्णविराम लगाउँदै लेवान्डोवस्की

बर्लिन । स्ट्राइकर रोबर्ट लोवान्डोवस्कीले जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखको बसाईमा पूर्णविराम लगाउने भएका छन् ।

३३ वर्षे लेवान्डोवस्कीले शनिबार बुन्डेसलिगाको अन्तिम खेलमा उल्फ्सबर्गसँग २-२ को बराबरी खेल्दै अंक बाँड्दा हेडरमार्फत गोल गर्दै यस सिजन सबै खाले प्रतियोगिता गरि आफ्नो गोलसख्या ५० पुर्याएका थिए  । 

‘मैले क्लबका खेलकुद निर्देशक हसन सलीहमिद्चीसँग कुरा गरिसकेको छु । मैले बायर्नसँगको सम्झौता नविकरण नगर्ने निर्णय पनि उनलाई सुनाइसके’, लेवान्डोवस्कीले भने, ‘दुवै पक्षका लागि यो सही निर्णय हुनेछ । प्रशिक्षकलाई पनि मैले यसबारे जानकारी गराइसके । म सम्झौता थप गर्दिन । दुवै पक्षलेले उचित उपाय खोज्न आवश्यक छ । सम्भवत यो मेरा लागि बायर्नबाट अन्तिम खेल थियो । मेरो सम्झौता अबधी अझै एक वर्ष बाँकी छ । मेरो आगामी गन्तब्यका बारेमा केही दिनमै स्पष्ट हुनेछ ।’

लेवान्डोवस्की सातौं पटक बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता बने । बुन्डेसलिगामा मात्र उनले यस सिजन ३५ गोल गरे । 

पछिल्लो केही दिनयता लेवान्डोवस्की स्पेनिस ला लिगाको क्लब बार्सिलोना जाने खबर सार्वजनिक भइरहेको छ ।