बायर्न म्युनिख

थोमस मुलरलाई म्यानचेस्टर युनाइटेडको अफर

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर थोमस मुलर आफूलाई इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अविश्वसनीय प्रस्ताव आएको खुलाएका छन् ।

यद्यपि, बायर्नले कुनै पनि प्रकृया अघि बढ्नुअघि नै यसबारेको छलफल बन्द गरेको मुलरले बताए ।

जर्मन मिडफिल्डर मुलरले हालैमात्र बायर्नसँगको सम्झौता सन् २०२४ सम्मका लागि नविकरण गरेका थिए ।

‘बायर्नले स्पष्ट रुपमा सबै कुराहरु अस्वीकार गर्यो । जसमा युनाइटेडबाट आएको अविस्वसनीय प्रस्ताव थियो,’ मुलरले भने, ‘तर, यो मेरो लागि बायर्नबाट ठुलो विश्वासको मत थियो ।’

यस सिजन बायर्नबाट सबैखाले प्रतियोगितामा गरी ४४  खेल खेलेका मुलरले १३ गोल र २१ असिस्ट गरेका छन् ।