सर्जियो अग्विरो

इत्तिहाद रंगशालामा अग्विरोको सालिक

लन्डन । इङ्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदान इत्तिहाद रंगशालामा पूर्व खेलाडी सर्जियो अग्विरोको सालिक स्थापना गरेको छ ।

शुक्रबार अग्विरोले सन् २०१२ मा प्रिमियर लिगको उपाधि जिताउने क्रममा सिटीबाट इन्जुरी समय (९३ः२०) मा विजयी गोल गरेको १० वर्ष पुगेको उपलक्ष्यमा सिटीले सालिक अनावरण गरेको हो । सन् २०१२ मा प्रिमियर लिगको अन्तिम खेलमा सिटीले क्विन पार्क रेन्जर्सलाई ३–२ ले हराउँदा अग्विरोले तेस्रो तथा निर्णायक गोल गरेका थिए ।

सिटीले ट्विटरमा अग्विराको सालिक अनावरण गरेको भिडियो शेयर गरेको छ । अग्विरोले सिटीबाट प्रिमियर लिगमा दुई सय २७ खेल खेल्दा एक सय ८४ गोल र ४७ असिस्ट गरेका थिए ।

अग्विरो यसै सिजनको सुरुआतमा स्पेनिस क्लब बार्सिलोना अनुबन्धित भए पनि मुटुको समस्याका कारण उनले फुटबलबाटै सन्यास लिएका थिए ।