इङ्लिस प्रिमियर लिग

टोटनहमको च्याम्पियन्स लिग छनोट सम्भावना बलियो

लन्डन । आर्सनलमाथि ३-० को सहज जितसहित टोटनहमले इङलिस प्रिमियर लिगको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो पारेको छ ।

३६ खेलमा ६५ अंक जोडेको टोटनहम पाँचौ स्थानमा यथावत छ । जुन  चौथो स्थानको आर्सनल भन्दा एक अंक कम हो । तेस्रो स्थानको चेल्सीको भने समान खेलमा ७० अंक रहेको छ । 

टोटनहमलाई हराएको भए आर्सनलले दुई खेल अगावै च्याम्पियन्स लिगमा स्थान पक्का गर्ने थियो । आर्सनल सन् २०१६ पछि पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

२२औं मिनेटमा ह्यारी केनले पेनाल्टीको सदुपयोग गर्दा टोटनहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा होल्डिङ दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि आर्सनलले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

३७औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्देै टोटनहमको अग्रता दोब्बर पारेका थिए । ४७औं मिनेटमा ह्युङ मिन सनको गोलमा टोटनहमले सहज जित पक्का गरेको थियो ।

टोटनहमले आइतबार बनर्लीको सामना गर्नेछ भने आर्सनलले मंगलबार न्युक्यासल युनाइटेडको सामना गर्नेछ ।