च्याम्पियन्स लिग

च्याम्पियन्स लिगमा ३६ टोली !

काठमाडौं । युइएफएले सन् २०२४–२५ देखि च्याम्पियन्स लिगको संरचना परिवर्तनका लागि अनुमति दिएको छ ।

यसअघि युरोपियन फुटबलको नियामक निकायले अप्रिल मै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ३२ टोली बढाएर ३६ पुर्याउने घोषणा गरेको थियो ।

बुधबार युइएफएको कार्यसमितिले प्रतियोगिताको समूह चरणको ६ राउन्डबाट आठ राउन्ड पुर्याउने निर्णय गरेको छ ।

‘आजको विशेष निर्णय फुटबल समर्थक, खेलाडी, प्रशिक्षकहरु, राष्ट्रिय संघ, क्लबहरुले दिएको विचारको आधारमा फुटबलको घरेलु र अन्तर्राष्ट्रिय क्लब स्तरमा सुधारका लागि गरेका हौं,’ युइएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ संरचनाअनुसार लिगमा सहभागी ३६ टोलीले समूह चरणमा चार होम र चार अवे खेल खेल्नेछन् ।