वेस्ट ह्यामसँग लेस्टर सिटी पराजित

लन्डन (खेलाडी) – वेस्ट ह्याम युनाइटेडले इङलिस प्रिमियर लिगमा शतप्रतिसत नतिजालाई दोस्रो खेलमा पनि निरन्तरता दिएको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा वेस्ट ह्यामले लेस्टर सिटीलाई ४-१ ले हराएको हो ।

खेलको २६ औ मिनेटमा पाबलो फोर्लान्सले गरेको गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो । खेलको ५६औं मिनेटमा सेड बेनरमाले गोल गर्दै वेस्ट ह्यामकोे अग्रता दोब्बर पारेका थिए । त्यसको १३ मिनेटपछि योरी टेलीम्यान्सले बललाई जाली चुमाउँदै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर, खेल सकिन अन्तिम १० मिनेट बाँकी हुँदा मिकेल एन्टोनियोको दुई गोलमा वेस्ट ह्यामले सहज जित पक्का गरेको हो ।

खेलको ८०औं मिनेटमा टोलीका एन्टोनियोले  डेक्लान राइसको पासमा गोल गर्र्दै वेस्ट ह्यामको अग्रता ३-१ मा पुर्‍याएका थिए । त्यसको ३ मिनेटपछि नै एन्टोनियोले व्यत्तिगत दोस्रो गोल पूरा गरेसँगै वेस्ट ह्यामले हसज जित पक्का गरेको थियो ।