चेल्सी

चेल्सीको स्वामित्व खरिदका लागि बोह्ली ग्रुप तयार

काठमाडौं । इङ्लिस क्लब चेल्सीले टोड बोह्ली, क्लियरलेग क्यापिटल, मार्क वाल्टर र ह्यान्सजर विसले नेतृत्वमा रहेको समूहले गरेको ४.२५ बिलियन पाउण्डमा क्लबको स्वामित्व खरिद गर्ने प्रस्ताव स्वीकार गरेको छ ।

रुसले युक्रेनमाथि सैन्य कारवाहीपछि राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कथित सम्बन्धका कारण चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बिक्रीमा राखेका थिए ।

चेल्सीले यसअघि बेलायती अर्वपति जिम र्याटक्लिपको स्वामित्वमा रहेको एनियोस ग्रुपको प्रस्ताव अस्वीकार गरेको थियो ।

चेल्सीले शनिबार बिहान जारी गरिएको एक विज्ञप्तिमा स्वामित्व खरिद गर्ने कम्पनीले २.५ बिलियन पाउण्ड क्लबको शेयरका लागि तिर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा चेल्सीले स्वामित्व हस्तान्तरण प्रकृया मे को अन्तिमतिर हुने जनाएको छ ।