सहिद स्मारक सी डिभिजन लिग

स्पोर्टस् एकेडेमी साँगा र स्वयम्भुले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारको दोस्रो खेलमा स्पोर्टस् एकेडेमी साँगा र स्वयम्भु क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २८औं मिनेटमा समन श्रेष्ठले गरेको गोलबाट स्पोर्टस एकेडेमी साँगाले अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा विजय श्रेष्ठले गोल गर्दै स्वयम्भुलाई बराबरीमा फर्काएका थिए ।

बराबरीसँगै ६ खेलबाट पाँच अंक जोडेको साँगा तालिकाको १०औं स्थानमा छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको स्वयम्भु ११औं स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा मनोहरा क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–१ ले पराजित गरेको थियो ।

‘सी’ डिभिजन लिगमा सहभागि १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ छनोटमा घटुवा हुनेछन् ।