एन्फा चुनाव

प्रतिनिधि छनोटमा कास्की छुटाउनु दु:खद्: अध्यक्ष रन्जित

पोखरा । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष उज्जवल रन्जितले अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचनका लागि कास्कीलाई छुटाउनु दु:‌खद् रहेको बताएका छन् ।

असार ६ गते हुने कन्द्रीय निर्वाचनका लागि शुक्रबार भएको प्रतिनिधि छनोटपछि कास्की र गोरखा मताधिकारबाट वञ्चित भएका छन् । एन्फाको केन्द्रीय निर्वाचनमा गण्डकीका ८ मध्ये ६ जिल्लाले मताधिकार प्राप्त गर्छन् ।

सोही विषयमा कास्कीका अध्यक्ष रन्जितले आफू कुनै पक्षमा नरहेको बताए पनि योजनाका साथ बोलाइएको बैठकमा जर्वजस्ती माइन्युट गरिएको बताएका छन् ।

'यो योजनावद्ध नै थियो । हामीलाई बैठक भनेर बोलाइयो । तर माइन्युट पहिल्यै तयार बनाइएको थियो,' उनले थपे, 'उनीहरुले फुटबल विकास चाहेका छैनन् । उनीहरुले कास्की र गोरखालाई वञ्चित गरे ।'

आफूले कास्की फुटबलको हव हो भनेर बताइरहँदा समेत कुनै बैठकमा कुनै सुनुवाई नभए पनि हामी यस बारे पोजिटिभ नै रहेको अध्यक्ष रञ्जितले बताए ।

'हामी कास्कीको फुटबल विकास गर्न आएको हो । केही फरक पर्दैन । तर कास्कीलाई प्रतिनिधी समेत नदिनु उहाँहरुको गलत मनसाय रह्यो', उनले भने ।

उनले अरु जिल्ला नआओस भन्ने आफ्नो मनसाय नरहेको बताउँदै प्रतिनिधी छनोटमा कास्कीलाई छुटाउनु फुटबलका लागि दुःखद विषय रहेको उनले बताए ।