एन्फा चुनाव

खेलाडी-प्रशिक्षक विवादमा व्यवस्थापनको चरम लापरबाही: फुटबल खेलाडी संघ

काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले खेलाडी-प्रशिक्षक विवादमा व्यवस्थापनले चरम लापरबाही गरेको बताउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण गराएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाद्वारा हस्ताक्षरित पत्रमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सार्वजनिकरूपमा खेलाडी भागेको भन्दै गलत टिप्पणी दिएकाले खेलाडीलाई नकारात्मक असर परेको बताइएको छ ।

बुधबार राति मुख्य प्रशिक्षक अल्मुताइरीले नै खेलाडीहरूलाई निस्केर जान भनेपछि खेलाडीहरूले व्यवस्थापकहरूलाई जानकारी गराएका बाहिरिएको बताएका थिए । यद्यपि, प्रशिक्षकले भने खेलाडीहरू भागेको प्रतिक्रिया दिँदै आएका छन् ।

घटनाको यतिका दिन बितिसक्दा पनि एन्फाले कुनै चासो नलिएको खेलाडीले गरेको छानविनको मागबारे समेत औपचारिक धारणा सार्वजनिक गरेको छैन । जसका कारण फेरि आज फुटबल खेलाडी संघले एन्फामा ५२६ नम्बरमा पत्रसमेत दर्ता गराएको छ ।

एन्फामा दर्ता गरिएको पत्र:

यस्तै, खेलाडीहरूले आज एन्फा सचिवालयमा प्रशिक्षण क्याम्प घटनाको समेत जानकारी गराएको छ ।