नेपाली फुटबल

विकेशसहित १७ खेलाडी प्रशिक्षणमा डाकिए

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विकेश कुथुसहित १७ खेलाडीलाई एएफसी एसिया कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सिनियर खेलाडीहरुबीच मतभेद भएसँगै १० खेलाडीहरुले प्रशिक्षण छाडेपछि अल्मुताइरीले नयाँ खेलाडी बोलाएका हुन् ।

यसअघि खेलाडीहरुले आफ्नो न्युनतम आवश्यकताको माग गर्दा अल्मुताइरीले होटेल छोड्न भनेको भन्दै रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर र अन्जन विष्टलगायत १० खेलाडीले प्रशिक्षण छोड्का थिए ।  

प्रशिक्षकसँग असन्तुष्ट खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत जानकारी दिएका थिए । उक्त पत्रकार सम्मेलनमा विकेश र विक्रम लामा खेलाडी संघको प्रतिनिधिको रुपमा उपस्थित थिए ।

एसिया कपको तयारीमा रहेको नेपाली टोलीले आज (शुक्रबार) क्यामरुनी क्लब एभेनिर फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

बन्द प्रशिक्षणमा डाकिएका खेलाडीः

अभिषेक बराल, आकाश बुढामगर, आशिष चौधरी, विकाश तामाङ, विकेश कुथु, विशाल सुनार, जर्जप्रिन्स कार्की, मनिष जर्गामगर, निरकुमार राई, राजन गुरुङ, रोशन रानामगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङ्देम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशिल राई