अब्दुल्लाह अल्मुताइरी

प्रशिक्षण छाडेका खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय टिममा विद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

राजधानीको रोयल सिङ्गी होटलमा हुने पत्रकार सम्मेलनमा विद्रोह गरेका १० खेलाडी सहभागी हुनेछन् ।

मंगलबार राति नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीले एकाएक होटल छोडेर निस्किएका थिए । जसमध्ये रोहित चन्दलाई यसअघि नै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाट निकालेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) उच्च स्रोतले अब्दुल्लाहसँगको विवाद र रोहितलाई टिमबाट हटाएको भन्ने विषयमा झगडा भएकाले खेलाडीहरुले टिम छाडेको खेलाडीलाई बताएका थिए ।