एन्फा चुनाव

महिला फुटबल संघको अध्यक्षमा लामा निर्वाचित

काठमाडौं । पेमा डोल्मा अखिल नेपाल महिला फुटबल संघको अध्यक्षमा निर्वाचित भएकी छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् ।

कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । यस्तै, उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे ।

यस्तै, सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

एन्फामा महिला संघको चुनाव सुरु हुनुअघि पूर्व खेलाडी तथा कोषाध्यक्ष नन्दकदा थापाको सम्झानमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।