एन्फा चुनाव: ४४ जिल्लामा नयाँ नेतृत्व चुनिँदा चार विवादमा अल्झिए

काठमाडौं । असार ६ गते हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचन नजिकिँदै छ । र, त्यसका लागि सदस्य संस्थाहरूको निर्वाचन धमाधम भइरहेको छ । पूर्व निर्धारित सयमअनुसार वैशाख १० गते (हिजो)सम्म जिल्ला निर्वाचनको मिति तोकिएको थियो । र, शनिबारसम्म ४४ जिल्लाको निर्वाचन भइसकेको छ । चार जिल्लामा मात्रै पूर्व निर्धारित मितिमा चुनाव हुन सकेको थिएन ।

गोरखाका अध्यक्षले केन्द्रमा पत्र काटेर निर्वाचत स्थगित भएको जनाउँदा नयाँ कार्यसमिति चयन हुन सकेन । यस्तै, सिन्धुलीमा अध्यक्षका प्रत्यासी दुई उम्मेदवारले समान पाँच मत ल्याएपछि निस्किएको विवादका कारण निर्वाचन स्थगित हुँदा भक्तपुरमा पनि आन्तरिक विवादका कारण निर्वाचनले पूणर्ता पाएन ।

एन्फा केन्द्रीय निर्वाचनमा ४८ वटा जिल्लामध्ये ४५ जिल्लाले मताधिकार पाउँछन् । गण्डकी प्रदेशका ८ जिल्लामध्ये प्रदेशको चुनाव पश्चात ६ जिल्लाले मताधिकार पाउने छन् भने प्रदेश १ बाट ११ मध्ये १० जिल्लाले मताधिकार पाउने छन् । असार ६ गते केन्द्रीय निर्वाचनमा प्रतिनिधि छनोटको पहिलो चरणसमेत रहेको जिल्ला निर्वाचन सुर्खेत, भक्तपुर, सिन्धुली र गोरखा बाहेक सबै जिल्लामा सकिएको छ  ।

गोरखाका अध्यक्षले केन्द्रमा पत्र काटेर निर्वाचत स्थगित भएको जनाउँदा नयाँ कार्यसमिति चयन हुन सकेन । यस्तै, सिन्धुलीमा अध्यक्षका प्रत्यासी दुई उम्मेदवारले समान पाँच मत ल्याएपछि निस्किएको विवादका कारण निर्वाचन स्थगित हुँदा भक्तपुरमा पनि आन्तरिक विवादका कारण निर्वाचनले पूणर्ता पाएन ।

सुर्खेतमा शिरमोर युवा क्लबका प्रतिनिधि रविन चन्दको मनोनयन एन्फाले अस्वीकार गरेपछि स्थगित भएको निर्वाचन हालसम्म हुन सकेको छैन ।

एन्फाले सुर्खेत जिल्लाका तत्कालिन केन्द्रीय पर्यवेक्षक भरत बुडथापालाई सम्बोधन गर्दै ‘कुनै पनि एक सदस्य संस्थाबाट प्रतिनिधि भए पश्चात अन्य सदस्य संस्थाको प्रतिनिधित्व गर्न नपाइने भएकोले रविन चन्दले मनोनित भएर आउन नमिल्ने’ उल्लेख गरेको थियो ।

जसअनुसार बाग्लुङमा जयराज भण्डारी, बारामा रामचन्द्र लामा, बर्दियामा अजित राजभण्डारी, भोजपुरका प्रविण सुवाल, चितवनमा श्री कृष्ण कार्की, दाङमा सञ्जय धिताल, धनुषामा रामकेवल मुखिया, इलामममा विक्रम श्रेष्ठ, झापामा भगिरथ आले, जुम्लामा भरतबुड थापा, कैलालीमा अनिल मल्ल, काठमाडौंमा विराटजंग शाही, काभ्रेमा विकाश श्रेष्ठ, लमजुङमा लोकेन्द्र गुरुङ, महोत्तरीमा प्रमोद मानन्धर, मोरङमा सञ्जिव बुढाथोकी, नवलपरासीमा धनप्रसाद गुरुङ, नुवाकोटमा देवनारायण चित्रकार, पर्सामा अनिलकुमार कलवार, रौतहटमा भगवान दर्लामी, रुपन्देहीमा लोक पुन, संखुवासभामा भरत घिमिरे, सप्तरीमा राजकुमार परियार, सिरहामा अनिलकुमार साह, सुनसरीमा नवीन राई, स्याङजामा मुक्तबहादुर राना, मनाङमा यज्ञ घले, खोटाङमा धुव्रकुमार राई र नवलपुरमा सेत पुन सर्वसम्मतिमा कार्यसमितिको अध्यक्षमा चयन भए ।

एन्फाको केन्द्रीय निर्वाचनका लागि ४५ जिल्लासँगै १४ वटा ‘ए’ डिभिजन क्लब, १४ मध्ये ११ ‘बी’ डिभिजन क्लब र १४ मध्ये ९ वटा ‘सी’ डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।

यसबाहेक बाँकी जिल्लामा भने अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । जसअनुसार बाँकेमा भोजराज शाही, धादिङमा दीपक खतिवडा, धनकुटामा मणिकुमार चेम्जोङ, कञ्चनपुरमा गणेश चन्द, कास्कीमा उज्वल रञ्जित, ललितपुरमा पुरुषोत्तम थापा, मकवानपुरमा टिकाराम लामा, पाल्पामा प्रणयविक्रम लामा, पाँचथरमा गणेशबहादुर राई, सर्लाहीमा ठाकुरकुमार सुस्लिङ, सिन्धुपाल्चोकमा अमृतमान श्रेष्ठ, तनहुमा सत्यभक्त पालिखे, ताप्लेजुङमा अशोक चेम्जोङ र उदयपुरमा रञ्जन कार्की अध्यक्ष पदका लागि निर्वाचित भए ।