इटालियन सिरी ए

भ्लोहोभिचको गोलमा युभेन्टस जोगियो

मिलान । डुसान भ्लाहोभिचले इन्जुरी समयमा गरेको गोलमा युभेन्टसले शनिबार इटालियन सिरी ‘ए’ मा नौ खेलाडीमा सीमित बोलोग्नासँग हारको संकट टारेको छ ।

युभेन्टस बोलोग्नासँग १-१ को बराबरीमा रोकिएको हो । युभेन्टस ३३ खेलमा ६६ अंकसहित चौथो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको नेपोली भन्दा तीन अंक कम हो । नेपोलीले युभेन्टस भन्दा एक खेल कम खेलेको थियो ।

५२औं मिनेटमा मार्को अर्नाटोभिचको गोलमा बोलोग्नाले अग्रता लिएको थियो ।

८४औं मिनेटमा एडमा सौमारो र ग्रे मिडेलरातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरएपछि बोलोग्ना नौ खेलाडीमा सीमित भएको थियो ।

इन्जुरी समयको पाँचौ मिनेटमा भ्लाहोभिचले गरेको गोलमा युभेन्टसले हारको संकट टारेको थियो ।